राजावादी राजनीतिक दलहरुले व्यवस्था विरोधी आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गरेका हुन् । आन्दोलन जेठ १५ गतेदेखि शुरु भएको हो । उनीहरुले राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् । प्रदर्शनमा सहभागी भएकाहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जागाँै जागौँ, जागौँ न हे नेपाली जनता, पहिला राष्ट्र जोगाउँ लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरु राजतन्त्र पुनःस्थापनाको लागि आन्दोलनरत छन् । –न्युज एजेन्सी नेपाल