आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको छुः अर्थमन्त्री पौडेल

जेठ १६, २०८२ शुक्रबार
आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको छुः अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेटले आम्दानी र खर्चको यथार्थपरक अनुमान गरेको दाबी गर्नुभएको छ । बजेट सार्वजनिकको भोलिपल्ट (शुक्रवार) अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँकाअनुसार पुँजीगत खर्चको विनियोजन बढाइएको छ भने चालु खर्चलाई सीमाभित्र राखिएको छ । अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको, राजश्वको लक्ष्य संशोधित अनुमानको १७ प्रतिशत राखिएको, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सीमाभन्दा १३ अर्बले आन्तरिक ऋण कम प्रश्ताव गरिएको उहाँले बताउनु भयो । अर्थमन्त्री पौडेलले बजेटमा नीतिगत सुधारलाई जोड दिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images