अफ्रिकी बैंकिङ संस्थाको मुख्यालय कोटे डी’आइभोरको आर्थिक राजधानी अबिडजानमा भइरहेको ६० औं वार्षिक बैठकमा मौरिटानियन सिदी औलद ताह अध्यक्षमा निर्वाचित हुनुभएको छ । एएफडीबीको एक विज्ञप्तिअनुसार तीन चरणको मतदानपछि ७६.१८ प्रतिशत मतका साथ ताहले जित हासिल गर्नुभएको हो । जाम्बियाली शमूएल मैम्बो (२०.२६ प्रतिशत) र सेनेगलकी अमाडोउ हट (३.५५ प्रतिशत) ले पारजित हुनुभयो ।