अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारस्परिक कर र अन्य शुल्कहरूलाई अमान्य घोषित गरेको एक दिनपछि संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको व्यापार अदालतको निर्णयलाई अस्थायी रूपमा रोक्ने अनुरोधलाई स्वीकृत गरेको छ । अन्तर्राष्ट्रिय व्यापार अदालतले बुधबार जारी गरेको फैसला यस अदालतले प्रश्ताव पत्रहरू विचार गर्दासम्म अर्को सूचना नभएसम्म अस्थायी रूपमा स्थगित गरिएको पुनरावेदन अदालतले आफ्नो आदेशमा भनेको छ ।