नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा निजी क्षेत्रले दिएका अधिकांश सुझाव समेटेर बजेट आएको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही कुराहरु भने प्राथमिकता दिएर राखेका पनि नसमेटिएको बताउनु भयो । उहाँले बजेटले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताउनु भयो । निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभरको रुपमा हेरेको बताउनु भयो । अनपपुलर हुने डर नराखि सरकारले राम्रो निर्णयसहित बजेट ल्याएको बताउनु भयो । टिकटमा भ्याट नलाग्ने कुराको व्यवस्थामा सरकारले जोड दिन नसकेको बताउनु भयो ।