नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेटमा केही नयाँ कुरा आएको भएपनि देशको समस्या समाधान गर्न नसक्ने बताउनुभएको छ । शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बजेटमा केही नयाँ कुराहरु रहेको तर निर्यात भन्दा आयात १० गुणा गर्ने आजको अवस्थालाई समाधान गर्नेकुरा नरहेको बताउनु भयो । उहाँले त्यसको समाधान गर्न निजी क्षेत्रहरुलाई साधन, श्रोत, उत्पादनहरुसँग जोडेर लगानी गर्नको लागि बजेटले कति काम गर्छ भन्ने प्रश्न रहेको बताउनु भयो ।