राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैनः अर्थमन्त्री पौडेल

जेठ १७, २०८२ शनिबार
राजश्वको लक्ष्य पूरा नहुने ठाउँ दिएको छैनः अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको अनुमान लक्ष्य पूरा गरेर छोड्ने बताउनुभएको छ ।  शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्वको सन्दर्भमा गरिएको अनुमान आगामी आर्थिक वर्षको अन्तिममा समीक्षा गर्दा प्रश्न गर्न नपर्ने स्पष्ट पार्नुभयो । उहाँले राजश्वको अनुमान लक्ष्य पूरा गर्न मेहनत बढी गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मेहनत गरेर पूरा गर्न सकिने राजश्वको लक्ष्य रहेको उहाँको दाबी छ । वित्त आयोगले निर्धारण गरेको सीमालाई टेकेर नै आन्तरिक ऋण परिचालन गरिएको बताउनु भयो । उहाँले वित्त आयोगले ५.५ प्रतिशतको आन्तरिक ऋण परिचालन गर्न सकिने भनेपनि बजेटमा ५.३ मा परिचालन गर्ने लक्ष्य राखिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images