नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस्ः कानूनमन्त्री चौरसिया

जेठ १७, २०८२ शनिबार
नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको प्रयोग गर्नुहोस्ः कानूनमन्त्री चौरसिया

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसीयाले न्यायपालिकाले आम नागरिकलाई सेवा दिँदा न्यायसँगै विवेकको पनि प्रयोग गर्नुपर्ने बताउनुभएको छ । शनिवार न्यायपालिका अधिकृत समाजको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्दै मन्त्री चौरसियाले यस्तो बताउनुभएको हो । उहाँले न्यायपालिकाले दिएको न्यायका आधारमा जनतामा विश्वास बढ्ने र दक्षिण एशियामै उत्कृष्ट ठहरिएको न्यायपालिका अझ सक्षम बन्ने बताउनु भयो । आम नागरिकको आशा र भरोसाको केन्द्र न्यायपालिका भएकोले न्याय निरुपण गर्दा र निरुपण गरिएका हरेक विषय कार्यान्वयनमा न्यायमूर्तिहरुको महत्वपूर्ण भुमिका रहनुपर्नेमा जोड दिनुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images