गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री

जेठ १७, २०८२ शनिबार
गणतन्त्रमाथि प्रश्न उठाउने समय भएको थिएनः नेतृ झाँक्री

नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रबारे प्रश्न उठाउने समय नभएको बताउनुभएको छ ।  ललितपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी गरेका करिव १० वर्षमा किन प्रश्न उठ्यो त भन्ने बारेमा सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले गणतन्त्र ल्याउँदा आफूहरुले गरेका प्रतिवद्धताका बारेमा बुझाइहरु एउटै नभएको पनि बताउनु भयो । गणतन्त्रलाई विवादित बनाइएको भन्दै असन्तुष्टि जनाउनु भयो । यो व्यवस्थामा काम गर्नुपर्छ भन्ने जिम्मेवारीवोध कम गरेको महशुस गरेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images