प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा नेकपा एमालेको स्पष्ट बहुमत आउने दाबी गर्नुभएको छ । नेपाल बुद्धिजीवी परिक्षद्को ११ औं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले मिसन चौरासी एउटा कार्यनीतिक सिँढी भएको बताउँदै त्यसमा अझै स्पष्ट बहुमत आउने बताउनु भयो । एमालेको स्पष्ट बहुमत आउनु नै मिसन चौरासी भएको बताउनु भयो । २०८४ साल आफैं आउने तर मिसन ०८४ एमालेले बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । मिसन ०८४ नेकपा एमालेको एकल बहुमत ल्याउनेगरी लागौं भन्ने रहेको बताउनु भयो ।