पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल

जेठ १७, २०८२ शनिबार
पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम छः महासचिव भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताउनुभएको छ ।  शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतन्त्रको स्टिकर टाँसेर मात्रै गणतन्त्र रहन नसक्ने बताउनु भयो । उहाँले देश र जनता बनाउनुको ठाउँमा नेताहरु धन कमाउने कुरामा ध्यान केन्द्रित गरिरहेको बताउनु भयो । लोकतन्त्रमा दल नसुध्रिकन नहुने उहाँको भनाइ छ । महाससचिव भुसालले भारदारहरु र अहिलेका नेताहरुमा कुनै फरक नरहेको बताउनु भयो । लोकतन्त्रका नेताहरुको विलासी जीवनशैली, व्यवहार नसुधारेसम्म दूरदिन अझै लम्बिने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images