प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले पार्टीलाई बचाउन नेकपा कालमा केही अराजनीतिक कदम चाल्नुपरेको बताउनुभएको छ । शनिवार काठमाडौंमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौं राष्ट्रिय महाविधेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्तिहरु लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको जिकिर गर्नुभयो । तत्कालीन समयमा कुन अराजनीतिक कदम हो भन्नेकुरा भने स्पष्ट पार्नुभएन ।