ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम

जेठ १७, २०८२ शनिबार
ललितपुर महानगरपालिकाले २४ जनालाई दियो विपद् उद्धार सम्बन्धी तालिम

ललितपुर महानगरपालिकाले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै २४ जनालाई विपद् उद्धार सम्बन्धी तालिम दिएको छ ।  सरदर भन्दा बढी वर्षा र गर्मी हुने विज्ञहरुको अनुमानसँगै सरकारले विपद् उद्धारका लागि तालि लगायतको आवश्यक प्रवन्ध शुरु गरिसकेको छ । ललितपुर महानगरपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले केही दिनअघि मात्रै विपद् उद्धार तालिम शुरु गरेको थियो । विपद् उद्धार सम्बन्धी तालिम समापन कार्यक्रममा बोल्दै ललितपुर मेयर महर्जनले २४ जनाले लिनुभएको विपद्सम्बन्धी तालिमले भविष्य राम्रो हुने बताउनु भयो । उहाँले विपद् सम्बन्धी प्रशिक्षणले आगामी दिनमा मनसुनजन्य विपद्का बेलामा आइपर्ने समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद्सम्बन्धी तालिम अब नरोकिने पनि स्पष्ट पार्नुभयो । उहाँले बजेट निर्माणको चरणमा आफूहरु रहेको र तालिमका कार्यक्रमहरु राख्न उचित समय रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images