सिरिया र साउदी अरेबियाबीच नाकाबन्दी पछिको पुनर्निर्माणबारे छलफल

जेठ १८, २०८२ आइतबार
सिरिया र साउदी अरेबियाबीच नाकाबन्दी पछिको पुनर्निर्माणबारे छलफल

सिरियाली विदेश मामिला प्रमुख असाद हसन अल–शिबानी र भ्रमणमा रहेका साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदले शनिबार दमास्कस विरुद्धको अन्तर्राष्ट्रिय प्रतिवन्ध हटाइएपछि सिरियाको पुनर्निर्माणमा बढ्दो द्विपक्षीय सहयोगबारे छलफल गरेका छन् । सिरियाली नेता अहमद अल–शारा र विदेशमन्त्रीको नेतृत्वमा रहेको साउदी प्रतिनिधिमण्डलबीचको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा अल–शिबानीले मुक्तिको क्षणदेखि विशेष गरी अन्तर्राष्ट्रिय समुदायमा सिरियाको पुनः एकीकरणलाई समर्थन गर्ने र हालैका प्रतिवन्धहरू सहज पार्ने कार्यमा सहयोग गर्ने साउदी अरेबियाको समर्थनको लागि कृतज्ञता व्यक्त गर्नुभयो । प्रतिवन्धहरू हटाउनु शुरुवात मात्र भएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images