जनवरी–मार्च महिनामा भारतको कुल गार्हस्थ्य उत्पादन ७.४ प्रतिशतले बढ्यो

जेठ १८, २०८२ आइतबार
जनवरी–मार्च महिनामा भारतको कुल गार्हस्थ्य उत्पादन ७.४ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०२४–२५ को जनवरीदेखि मार्चसम्मको चौथो त्रैमासिकमा भारतको आर्थिक वृद्धिदर ७.४ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । अक्टोबरदेखि डिसेम्बर २०२४ सम्मको अघिल्लो त्रैमासिकमा ६.४ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०२४–२५ को चौथो त्रैमासिकमा वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपि र नाममात्र जिडिपी क्रमशः ७.४ प्रतिशत र १०.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सरकारी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०२४–२५ मा वार्षिक वृद्धिदर ६.५ प्रतिशत रहेको छ। ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images