रातो मत्स्येन्द्रनाथको भोटो आज प्रदर्शन गरिने भएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मत्स्येन्द्रनाथको भोटो आज प्रदर्शन गरिने भएको हो । यो परम्परा करिव ८ सय वर्ष पुरानो मानिन्छ । रातो मत्स्येन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरु भई असार शुक्ल चौथीसम्म चल्छ । भोटो जात्रा रथयात्राको समापनमा जावलाखेलमा आयोजना गरिन्छ र साइत हेरेर भोटो देखाइन्छ ।