नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्लास्टिकका झोला, बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध वैकल्किप साधनहरुको प्रयोग गर्न आग्रह गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पुनः प्रयोग हुनसक्ने प्लाष्टिक, विशेष गरी प्लास्टिकका झोला, बोतलको प्रयोग अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।