नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मनसुन शुरु हुन लागेको भन्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गर्नुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस पटक बढी वर्षा हुने र बढी तापक्रम पनि हुने भन्ने प्रक्षेपण भएको सन्दर्भमा यसबाट हुने बाढी, पहिरो, डुबानका साथै संक्रामक रोगहरुबाट हुने जनधनको क्षतिबाट जोगाउन अहिलेदेखि नै पूर्वशतर्कता,शतर्कता र तयारीका लागि नेपाल सरकारले गर्नुपर्ने कार्यहरु तत्काल गर्न आग्रह गर्नुभयो ।