नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै राजनीतिक दलहरुको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको बताउनु भयो । उहाँले निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदायलाई मात्र नभइ तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताउनु भयो ।