राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

जेठ १८, २०८२ आइतबार
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

निषेधित क्षेत्र तोड्न खोजेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । नारायणचौरबाट प्रदर्शन शुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापालाई पक्राय गरिएको हो । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना, संघीयता खारेजी लगायतका माग राख्दै राजावादीहरुले जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन् । अध्यक्ष थापालाई तत्काल ससम्मानज रिहाइ नगरे आन्दोलन थप सशक्त बनाउने राजावादीहरुले चेतावनी दिएका छन् । —न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images