शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी

जेठ १८, २०८२ आइतबार
शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिनुभएको छ । आईतवार काठमाडौंमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै आफूहरुको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिनुभयो । उहाँले के आज बन्दुक बोकेर हामीसँग भएका युवाहरु जंगल पस्न सक्दैनन् ? अध्यक्ष लिङदेनले प्रश्न गर्नुभयो । उहाँले प्रमुख राजनीतिक दलहरुले राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images