राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष पुष्पकमल दाहाल

जेठ १८, २०८२ आइतबार
राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताउनुभएको छ ।  आईतवार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरुले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । उहाँले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनिता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पु¥याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पार्नुभयो । यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रुपले गाउँगाउँ, टोलटोल र घरघरमा पु¥याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images