रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन गरिएको छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आईतवार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो । गुठी संस्थान ललितपुरका प्रतिनिधिले मत्स्येन्द्रनाथको रथमा उभिएर भोटो देखाउनु भयो ।