यातायात व्यवसायीहरुको यातायात बन्दको घोषणासँगै काठमाडौं उपत्यकामा आम नागरिकहरुले सास्ती व्यहोरेका छन् । सोमवारदेखि यातायात व्यवसायीहरुले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका थिए । सोमवार बिहानैदेखि सार्वजनिक यातायात सडकमा नदेखिएसँगै आम नागरिकको जनजीवन अस्तव्यस्त बनेको छ । ‘सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति’को आह्वानमा सोमवारदेखि देशभरका सार्वजनिक यातायात बन्द छन् । काठमाडौं उपत्यकामा छिटपुटमात्रै यातायात चलेको देखिन्छ । यातायात ठप्प हुँदा आम नागरिकहरुको दैनिकी अस्तव्यस्त बनेको छ ।