प्यालेस्टिनी स्रोतहरूकाअनुसार दक्षिण गाजामा मानवीय सहायता केन्द्र नजिकै इजरायली आक्रमणबाट आईतवार कम्तिमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजामा आधारित स्वास्थ्य प्राधिकरणले दक्षिण गाजाको रफाहमा मानवीय सहायता वितरण बिन्दु नजिकै बिहान इजरायली सेनाले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको र दर्जनौं गम्भीर घाइते भएको बताएको छ । गाजामा रहेको स्वास्थ्य प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि धेरैजसो चोटपटक शरीरको माथिल्लो भागमा लागेको छ ।