नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब बनाउने प्रयास शुरु गरिएको छ । काठमाडौंमा पछिल्लो ४ दिनदेखि हिन्दुराष्ट्र नेपालसहितको राजसंस्थाका लागि प्रदर्शन चलिरहेका बेला भारतको राजधानी दिल्लीमा नेपाल हिन्दु राष्ट्र पुनस्र्थापना मञ्चले नेपालमा हिन्दुराष्ट्रसहित राजसंस्था स्थापनाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन प्रयास शुरु गरेको हो । आईतवार दिल्लीको प्रेस क्लव अफ इण्डियामा एक पत्रकार सम्मेलनको आयोजना गरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापन पत्र पठाइएको जानकारी दिएको छ ।