एक करोडसम्म ऋण लिने उद्यमीहरुले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् –पूर्वअर्थमन्त्री कार्की

जेठ १९, २०८२ सोमबार
एक करोडसम्म ऋण लिने उद्यमीहरुले दुःख पाए, राष्ट्र बैंकको ध्यान जाओस् –पूर्वअर्थमन्त्री कार्की

पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले १ करोडसम्म उद्यमीहरुले अहिले पनि ऋण लिँदा दुःख पाएको बताउनुभएको छ ।  सोमवार अर्थ समितिमा भएको बाफिया सम्बन्धि छलफलमा उहाँले त्यस्ता ऋणीहरुलाई बैंकहरुले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताउनुभएको हो । उहाँकाअनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन । त्यसैले सहज रुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्व विधेयक रहेपनि यसमा सुधारका आवश्यकता रहेको बताउनु भयो । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढिनुपर्ने उहाँको भनाई छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images