प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल जनप्रतिनिधिहरुलाई निष्प्रभावी बनाउने काममा लाग्नुभएको आरोप लगाउनुभएको छ । संसदीय दलको बैठकमा सोमवार बानेश्वरमा सांसदहरुलाई प्रशिक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मंगलवार संसद सञ्चालन गरौँ भनेर अध्यक्ष दाहालसँग सम्पर्क गर्न खोजे पनि दाहाल भागिरहेको बताउनु भयो । उहाँले थाहा हुँदा हुँदै पनि अध्यक्ष दाहाल सम्पर्कबाट तर्किरहनुभएको जिकिर गर्नुभयो ।