विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः लक्ष्मण हुमागाईं

जेठ १९, २०८२ सोमबार
विज्ञापन नीति जारी गरी विज्ञापन क्षेत्रका विकृति हटाउँछुः  लक्ष्मण हुमागाईं

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले पदभार ग्रहण गर्नुभएको छ ।  सोमवार अध्यक्ष हुमागाईंले बोर्डको बबरमहलस्थित कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो । जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले हुमागार्इंलाई विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । पदभार ग्रहण गर्दे अध्यक्ष हुमागाईले पहिलो कार्यकालमा अघि बढाएका राष्ट्रिय विज्ञापन नीति जारी गर्ने तथा विज्ञापन ऐन संशोधनका सम्पन्न गर्ने बताउनु भयो । उहाँले घट्दो विज्ञापन बजार चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै विज्ञापन बजारको विकास र विस्तारको प्रयास गर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images