नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । सोमवार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिसकर्स’मा बोल्दै उहाँले बजेटको कार्यान्वयनमा जोड दिन आग्रह गर्नुभएको हो । उहाँले सुशासन बिना राम्रो नतिजा दिन नसकिने बताउनु भयो । उहाँले सुशासन पालना गराउन नसके देशले खोजेको नतिजा आउन नसक्ने बताउनु भयो ।