युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले तीन करोड जनता र युवाहरूको प्रतिनिधित्व गरेर जाने भएकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रको शीर उचो हुने तवरबाट उत्कृष्ट प्रदर्शन गर्न शुभकामना व्यक्त गर्नुभएको छ । एएफसी एशियन कप छनोट तेस्रो चरण २०२७ को दोस्रो खेल खेल्न जाने नेपाली टोलीको बिदाईका अवसरमा सम्पूर्ण देशवाशीको भरोसाअनुरूप उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिनुभएको हो । नेपालले छनोटको दोस्रो खेलमा आगामी जुन १० मा लाओसविरुद्ध खेल्दैछ ।