नेकपा (माओवादी केन्द्र) ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ । सोमवार सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने बताउनु भयो । उहाँले गृहमन्त्रीले पठाएको बद्नाम सहसचिव विमानस्थलमा जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने र सचिवालयका मान्छेहरू यस्तै मुद्दामा परेकाहरू हुने जस्ता अस्वाभाविक प्रक्रियाले गृहमन्त्रीलाई विवादमा तानेको बताउनु भयो ।