शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी

जेठ १९, २०८२ सोमबार
शिर्ष तीन दलको बैठकः गृहमन्त्रीको राजीनामाको मागबाट पछि हटेन माओवादी

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध कायमै राख्ने अडान राखेको छ । सिंहदरबारमा बसेको तीन ठूला दलका शिर्ष नेताको बैठकमा आफूहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान राखेको पार्टी प्रमुख सचेतक हितराज पाण्डेले बताउनु भयो । प्रमुख सचेतक पाण्डेकाअनुसार बैठकमा राजावादीको बढ्दो सक्रियता र संसदको गतिरोध अन्त्यको विषयमा छलफल भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images