गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि बढ्दैनः रास्वपा

जेठ १९, २०८२ सोमबार
गृहमन्त्रीले राजीनामा र प्रधानमन्त्रीले जवाफ नदिएसम्म संसद अघि  बढ्दैनः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ । सोमवार पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँकाअनुसार मंगलवारको बैठकमा पनि जेठ १३ र १४ गतेकै भुमिकामा प्रश्तुत हुने समेत बैठकले निर्णय लिएको छ । कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छोडेर अनुसन्धानमा सघाउनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images