उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एमाले पृष्ठभूमिको अर्थमन्त्रीले प्रतिकुल परिस्थितिमा अनुशासित बजेट ल्याउँछ भन्नेमा होशियार भएर बजेट ल्याएको बताउनुभएको छ । इकोनोमिक मिडिया सोसाइटी नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको ‘पोस्ट बजेट ः अ होलिस्टिक डिस्कर्स’ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमाले पृष्ठभूमिका अर्थमन्त्रीले लोकप्रिय बजेट ल्याउँछन् भन्ने मानक रहेको भन्दै यस पटक आफूले यथार्थपरक बजेट ल्याएको बताउनु भयो । उहाँले कसरी लोकप्रियताको खोजि भन्दापनि कसरी अनुशासित बजेट ल्याउने भन्नेमा आफू केन्द्रित रहेको बताउनु भयो । के गर्दा प्रभावकारी ढंगले खर्च व्यवस्थापन गर्न सफल भइएला भन्ने कोशिस गरेको उहाँको भनाइ छ ।