राजा वीरेन्द्रको सम्झनामा कमलादीस्थित गणेशमन्दिरमा दीप प्रज्वलन गरिएको छ । सोमवार साँझ पूर्वयुवराज्ञी हिमानी शाह, पूर्वनययुवराज हृदयेन्द्र शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहितका राजावादी नेता र समर्थकहरु भेला भइ स्व. राजा वीरेन्द्रको स्मरणमा दीप प्रज्वलन गरेका हुन् । उनीहरुले राजा वीरेन्द्रको परिवारसहितको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासमेत अर्पण गरेका छन् ।