संयुक्त राष्ट्र संघको शरणार्थी उच्चायुक्तका अनुसार अप्रिल र मे महिनामा छिमेकी पाकिस्तान र इरानबाट कुल ५ लाख अफगानी शरणार्थी आफ्नो मातृभूमि अफगानिस्तान फर्किएका छन् । फर्कनेहरूले अनिश्चित भविष्यको सामना गरिरहेका छन् । आफ्नो जीवन पुनर्निर्माण गर्न संघर्ष गरिरहेका छन् । त्यसैले सहयोग पहिलेभन्दा बढी आवश्यक रहेको बताइएको छ । गत वर्ष छिमेकी पाकिस्तान र इरानबाट २० लाखभन्दा बढी अफगानीहरू घर फर्किएको रिपोर्ट गरिएको छ ।