समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही

जेठ २०, २०८२ मंगलबार
समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँः सांसद शाही

नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिनुभएको छ ।  मंगलवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताउनुभएको हो । उहाँले  ७० जना सत्तारुढ दलका समानुपातिक सांसदहरु  रहेको र समानुपातिक सांसदलहरुले चाहेको खण्डमा बजेट पास हुनबाट रोक्नसक्ने चेतावनी दिनुभयो । गिरिजाप्रसाद कोईराला, पुष्पकमल दाहाल, माधव नेपाल पनि कुनैबेलामा समानुपातिक नै रहेको उदाहरण दिँदै उहाँले बोल्नेहरुलाई मात्रै योजना दिने तर समानुपातिक सांसदहरु अनुशासित रुपमा बस्दा योजना नदिने गरेको बताउनु भयो । संविधानअनुसार समानुपातिक खारेज गर्ने भए आफूहरु तयार रहेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images