निष्पक्ष छानविनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद बेलबासे

जेठ २०, २०८२ मंगलबार
निष्पक्ष छानविनका लागि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद बेलबासे

राष्ट्रिय सभा सांसद गंगाकुमारी बेलबासेले निष्पक्ष छानविनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउनुभएको छ ।  मंगलवार राष्ट्रियसभाको आकस्मिक समयमा बोल्दै सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, सालिन र कानून बुझेको व्यक्ति भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गर्नुभयो । उहाँले भिजिट भिसा प्रकरणमा अध्यागमन कार्यालय प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई आम नागरिकबाट पठाएर दैनिक पचास लाखभन्दा बढी असुलेको, छानविनमा तानिनु एकदिन अघि मन्त्रालय फिर्ता बोलाउनु, अख्तियारको अनुसन्धानलाई प्रभाव पार्नेगरि सरुवा गर्नुलगायतका कारण गृहमन्त्रीले भ्रष्टाचारीलाई पक्षपोषण गरिरहेको आरोप लगाउनु भयो । उहाँले गृहमन्त्रीले विगतमा पनि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने गर्नुभएका कारण अहिले आफैंमाथि लागेको आरोपको छानविनका लागि मार्ग प्रशस्त गर्न माग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images