गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया

जेठ २०, २०८२ मंगलबार
गणतान्त्रिक व्यवस्थालाई सदन र सडकबाट कमजोर बनाउने प्रयास भयोः सांसद रोकाया

राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायाले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको बताउनुभएको छ ।  मंगलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सचेतक रोकायाले गणतान्त्रिक व्यवस्था स्थापनाका निमित्त कुनै साइनो नै नभएका व्यक्ति र समूहबाट व्यवस्था असफल बनाउने कार्यहरु भइरहेको दाबी गर्नुभएको हो । उहाँले यसकाविरुद्ध गणतान्त्रिक शक्तिहरु एक हुनुपर्नेमा तिनै क्रियाकलापमा बल पु¥याउने गतिविधिहरु सञ्चालन गरिनु सुखद् नभएको स्पष्ट पार्नुभयो । सार्वभौम सम्पन्न सदनमा जनताका समस्या उठाउन जिम्मेवार रुपमा प्रश्तुत हुन नसकिरहेको भन्दै सत्तामा हुँदा एउटा र सत्ता बाहिर रहँदा अर्कै कुरा गर्ने प्रवृत्तिले जनतामा दलहरुप्रति अविश्वास पैदा भइरहेको उहाँको भनाई थियो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images