गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा

जेठ २०, २०८२ मंगलबार
गृहमन्त्री लेखकमाथि लागेको आरोप असामान्यः माओवादी सांसद विश्वकर्मा

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप सामान्य नभएको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले लोकतान्त्रिक पद्धति र सुशासनका पाठ घोकाउने गृहमन्त्री लेखकमाथि मानव तस्करको गम्भीर आरोप लागेको बताउनुभएको हो । उहाँले देशलाई बेरोजगार उत्पादनको थलो बनाउने, युवाहरुलाई तड्पाएर विदेश जान बाध्य पार्ने र भिजिट भिसाका नाममा लाखौं कमिसन खाएर विदेशीलाई बेच्ने मानव तस्करको आरोप लागिरहँदा गृहमन्त्रीले टुलुटुलु हेरेर बसिरहन नमिल्ने दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images