नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भिजिट भिसाको आवरणमा हुने गरेको मानव तस्करी प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्दै जाँदा सरकारका शिर्ष तहसम्म संलग्नता देखिए कानूनअनुसार कारबाही हुनुपर्ने बताउनु भयो । अघिल्लो गृहमन्त्री रवि लामिछानेकोे प्रकरणलाई जोडेर सदनमा आवेग प्रकट भइरहेको उहाँको टिप्पणी छ ।