तीन वटा खेल विधा समेटिएको १४ औं कर्मचारी खेलकुद प्रतियोगिता बुधबारदेखि काठमाडौंमा शुरू हुने भएको छ । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) ले यहि जेठ २१ देखि २८ गतेसम्म १४ औं कर्मचारी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको हो । विगतमा सार्वजनिक संस्थान खेलकुद विकास संघको नाममा सक्रिय रहेको इसानले यो प्रतियोगिता आयोजना गर्दैछ । यस प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र टेबलटेनिस गरी कुल तीम खेल समावेश गरिएको छ ।