११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको पहिलो दिन नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य ६–अन्डर ६६ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहेका छन् । उनले नेपलका वाङ्गचेन ढोन्डुपलाई २ स्ट्रोकले पछि पारे । वाङ्गचेन ४–अन्डर ६८ को स्कोरमा दोस्रो स्थानमा रहेका छन्। नेपालका राहुल विश्वकर्मा, भारतका सुमित कोटवाल र बङ्गलादेशका मोहम्मद साहाब उद्दीन २–अन्डर ७० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । इभन–पार ७२ को स्कोरमा नेपालका प्रकृत तामाङ र श्रीलंकाका रेशन अलगामाले छैटौ स्थान बाँडे। यस्तै नेपालका टासी छिरिङ, भुटानका डेचेन लेन्डुप र निम दोर्जी तामाङ तथा भारतका भिभान उभयाकरले २–ओभर ७४ को स्कोरमा संयुक्तरुपमा आठौं स्थानमा पहिलो दिनको खेल सकाएका छन्।