जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि होः अध्यक्ष थापा

जेठ २०, २०८२ मंगलबार
जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि होः अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले जारी आन्दोलन भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि भएको दाबी गर्नुभएको छ ।  राजसंस्था र हिन्दुराज्य पुर्नस्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुद्वारा सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो दाबी गर्नुभएको हो । उहाँले सुशासन र राजसंस्था पुनःस्थापना निमित्त सुशासनकै माध्यमबाट आर्थिक समृद्धिका लागि जनआन्दोलन भइरहेको दावी गर्नुभयो । अध्यक्ष थापाले जनआन्दोलनमा देखिएको उत्साह, समर्थन र सहभागिताबाट भ्रष्ट सरकार आत्तिएको र विचलित भएको बताउनु भयो । उहाँले प्रजातान्त्रिक नेपालको इतिहासमा पहिलोपटक सिंगो काठमाडौैं महानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्न सरकार बाध्य भएको दाबीसमेत गर्नुभयो । उहाँले निषेधित क्षेत्र घोषणा गर्दैमा आन्दोलन समाप्त हुन्छ भनेर सोचेको हो भने त्यो भ्रमबाट मुक्त हुन सरकारलाई आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images