बहराइन, कोलम्बिया, प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी), लाटभिया र लाइबेरिया मंगलवार जनवरी १, २०२६ देखि डिसेम्बर ३१, २०२७ सम्म चल्ने दुई वर्षको कार्यकालका लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भएका छन् । आवश्यक दुई तिहाइ बहुमत र सबैभन्दा धेरै मत प्राप्त गरेपछि बहराइन, कोलम्बिया, प्रजातान्त्रिक गणतन्त्र कंगो, लाटभिया र लाइबेरिया जनवरी १, २०२६ देखि शुरु हुने दुई वर्षको कार्यकालका लागि सुरक्षा परिषद्को सदस्यमा निर्वाचित भएका हुन् । लाटभिया पहिलो पटक सुरक्षा परिषद्को अस्थायी सदस्य बन्नेछ । नवनिर्वाचित सदस्यहरूले अल्जेरिया, गुयाना, कोरिया गणतन्त्र, सियरा लियोन र स्लोभेनियाका निःवर्तमान गैरस्थायी सदस्यहरूलाई प्रतिस्थापन गर्नेछन् ।