इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीसँग क्षेत्रीय विकासलाई तिब्र पार्ने बारेमा छलफल गर्न भेटघाट गर्नुभएको इजिप्टको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा जनाएको छ । बैठकको क्रममा अल–सिसीले मध्यपूर्वमा द्वन्द्वको विस्तारको विरुद्धमा इजिप्टको अडान दोहो¥याउनु भयो । थप कुनैपनि वृद्धिले यस क्षेत्रलाई व्यापक युद्धमा डुबाउनसक्ने चेतावनी दिनुभयो । जसको परिणाम क्षेत्रका सबै राष्ट्रहरूको सुरक्षा र स्थिरतामा गम्भीर परिणामहरू हुनेछन् ।