राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस्ः सांसद तामाङ

जेठ २१, २०८२ बुधबार
राजतन्त्रको पक्षमा आन्दोलन गर्दा घाइते भएकाहरुको उपचार सरकारले गरोस्ः सांसद तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राजतन्त्र पक्षधरहरुको आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनका घाइतेहरुको उपचार सरकारले गर्नुपर्ने बताउनुभएको छ ।  राजतन्त्र पुनःस्थापनका लागि आन्दोलन गर्दा सरकारले दमन गरेर घाइते बनाएको भन्दै उहाँले आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्योपचार सरकारले गर्नुपर्ने माग गर्नुभएको हो । बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले राजतन्त्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने अघिल्लो दिनबाट दिँदै आएको सुरक्षा हटाइएको भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images