ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

जेठ २१, २०८२ बुधबार
ब्रिटिश गोरखा भर्ती र एनआरएनलाई नागरिकता दिने विषयमा सरकारले स्पष्ट धारणा बनाओस्ः सभापति खतिवडा

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ब्रिटिश गोरखामा भर्ती भएका नेपाली नागरिक र गैह्रआवासीय नेपाली नागरिकलाई नागरिकता दिने कुरामा सरकारले स्पष्ट धारणाबनाउनुपर्ने बताउनुभएको छ ।  बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ब्रिटिश गोरखा र एनआरएनएहरुलाई नागरिकता दिने विषयमा स्पष्ट धारणा सरकारले बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपाली नागरिक अनागरिक नहुन् भन्ने सबैको चाहना रहेको र विदेशी नागरिकहरुलाई नेपालको नागरिकता दिनेकुरा सस्तो बनाउन नहुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images