रक्षामन्त्री मानवीर राईले नागरिकता सबैलाई दिने भइसकेपछि कागजपत्र र दण्ड जरिबानामा कडाइ गर्नुपर्ने बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै रक्षामन्त्री राईले यस्तो बताउनुभएको हो । उहाँले भविष्यमा नागरिक सबैलाई दिनेगरी अघि बढ्दा नेपालमा विभिन्न किसिमका गतिविधि हुनसक्ने भएकाले कागजपत्रमा कडा निगरानी गर्न जरुरी रहेको बताउनु भयो ।